पर्साको ठोरीबाट चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बसबाट लागूऔषधसहित एक युवक पक्राउ

कोल्हवी न्यूज
२०८३ बैशाख २३, बुधबार १८:०५ गते

पर्साको ठोरीबाट चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बसबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–८ का १९ वर्षीय विश्वास परियार रहेका छन्।

ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले सोमबार ठोरीको चौतारामा बा.प्र. ३–००१ ख २६०४ नम्बरको बस रोकेर चेकजाँच गरेको थियो। सो क्रममा बसमा सवार परियारको साथबाट प्रतिबन्धित लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनको पाइन्टको खल्तीमा लुकाएर राखिएको अवस्थामा ४७५ थान लेबोरोट क्याप्सुल फेला परेको हो। बरामद लागूऔषधसहित परियारलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*