परवानीपुरमा ट्याक्टरको चपेटामा परेर युवकको मृत्यु, पहिचान खुल्न सकेन

कोल्हवी न्यूज
२०८३ बैशाख २१, सोमबार १३:२५ गते

बारा जिल्लाको परवानीपुर बजार मा ट्याक्टरबाट माटो खसाल्ने क्रममा एक युवकको ज्यान गएको छ। आइतबार राति स्थानीयको खाली जग्गामा माटो झारिँदै गर्दा प्लास्टिक संकलन गरिरहेका अन्दाजी ३५ वर्षीय युवक ट्याक्टरको चपेटामा परेका थिए।

घटनास्थलमै उनको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। इलाका प्रहरी कार्यालय प्रसौनी का प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठ का अनुसार घटनाको प्रकृति हेर्दा ट्याक्टरले च्यापिएको देखिन्छ।

प्रहरीले घटनाको यथार्थ पत्ता लगाउन सिसिटिभी फुटेजको अध्ययन गरिरहेको जनाएको छ। मृतकको पहिचान अझै खुल्न सकेको छैन भने शव घटनास्थलबाट केही टाढा सारिएको अवस्थामा भेटिएकाले घटनामा थप शंका उत्पन्न भएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*