उपत्यकामा २४ घण्टामा १,७२० सवारी चालक कारबाहीमा, ८.५८ लाख राजस्व संकलन

कोल्हवी न्यूज
२०८३ बैशाख १९, शनिबार १०:५४ गते

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १,७२० सवारी चालकलाई कारबाही गरेको जनाएको छ। यस अवधिमा कारबाहीबाट राज्यकोषमा ८ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १३६ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १२४, ट्राफिक संकेत उल्लङ्घन गर्ने १२९ र तीव्र गतिमा सवारी चलाउने १७५ जनालाई पनि जरिवाना गरिएको छ।

यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने २०६, निषेधित क्षेत्रमा हर्न बजाउने २८ तथा सडक पेटीमा सवारी पार्किङ गर्ने ९२ जनामाथि पनि कारबाही गरिएको छ।

प्रहरीका अनुसार तोकिएको स्थानबाहेक यात्रु चढाउने तथा ओराल्ने २० जना चालकसहित अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्नेहरू पनि कारबाहीको दायरामा परेका छन्।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित निगरानी तथा कारबाहीलाई अझ कडाइका साथ निरन्तरता दिइने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*