२५ वर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ
अपहरण तथा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २५ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पुनः पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत, बिहार घर भएका ३० वर्षीय विकाश शर्मा रहेका छन्। उनलाई बीरगन्ज महानगरपालिका–२४ रामगढवाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
अदालतबाट सजाय सुनाइएपछि उनी २०८२ भदौ २४ मा भएको जेनजी आन्दोलन का क्रममा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका थिए।
आइतबार पुनः पक्राउ परेका उनलाई कारागार चलान गर्ने प्रक्रिया अघि बढाइएको जानकारी हरि बहादुर बस्नेत ले दिएका छन्।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।










