वीरगञ्जबाट अवैध २० लाख रकमसहित १ जना पक्राउ, जबरजस्ती फसाउन खोजेको आफन्तको आरोप

कोल्हवी न्यूज
२०७८ कार्तिक २३, मंगलवार १९:३३

जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको २० लाख रकमसहित १ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना। ४८ प। ७६९१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा नगद २० लाख रकम फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

मोटरसाइकल चालक बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ नकटुवा निवासी ३१ वर्षीय चन्दन कुमार साहले बोकेको झोलाबाट अवैध रकम बरामद भएपछि साहलाई पक्राउ गरिएको खनालको भनाई छ । प्रहरी नायब उपरीक्षक खनालका अनुसार साहविरुद्ध बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसूरमा आवश्यक अनुसन्धान अगाडी बढाइएको छ ।

यता पक्राउ परेका साहलाई प्रहरीले जबरजस्ती फसाउन खोजेको उनका आफन्तले आरोप लगाएका छन् । बैंकको भौचर भरेर ११ लाख रुपैयाँ आईएमईमा जम्मा गराउन जाने क्रममा प्रहरीले रोकेको र प्रहरीसँगै जाने क्रममा जय गढीमाई मनी ट्रान्सफरको काउण्टरमा रहेको ९ लाख मिलाएर २० लाख रकम लिएर प्रहरीले फसाउन खोजेको साहका आफन्तको भनाई छ । यात्राडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*