इन्डियन प्रिमियर लिग : राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ४० रनले पराजित

कोल्हवी न्यूज
२०८३ बैशाख १०, बिहीबार ०७:३१ गते

Jofra Archer of Rajasthan Royals celebrates the wicket of Aiden Markram of Lucknow Super Giants during Match 32 of the TATA Indian Premier League 2026 between Lucknow Super Giants and Rajasthan Royals at Bharat Ratna Shri Atal Bihari Vajpayee Ekana Cricket Stadium, Lucknow, India, on April 22, 2026.
Photo by Pankaj Nangia / CREIMAS for IPL

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ४० रनले पराजित गरेको छ ।

लखनउको एकाना स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनायो । जवाफमा लखनउ १८ ओभरमै ११९ रनमा समेटिँदै पराजित भयो । राजस्थानका लागि रवीन्द्र जडेजाले सर्वाधिक ४३ रनको अविजित इनिङ खेले । यशस्वी जैसवाल र शिमरोन हेटमायरले समान २२/२२ रनको योगदान दिए ।

लखनउका तर्फबाट बलिङमा मोहसिन खान, प्रिन्स यादव र मोहम्मद शामीले समान २–२ विकेट लिए । मिचेल मार्सले ४१ बलमा ५५ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन् । निकोलस पुरनले २२ रन र हिम्मत सिंहले १५ रन जोडे । जितसँगै राजस्थानले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति कायम राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*