कञ्चनपुरमा विवाह समारोहमा विवाद: चक्कु प्रहारबाट १८ वर्षीय युवकको मृत्यु

कोल्हवी न्यूज
२०८३ बैशाख ८, मंगलवार १५:२३ गते

पुनर्वास नगरपालिका–५ भानुबस्ती मा विवाह कार्यक्रममा सहभागी एक युवकको चक्कु प्रहारबाट मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर का अनुसार पुनर्वास नगरपालिका–५ का १८ वर्षीय उज्जल सायरमाथि गएराति छातीमा चक्कु प्रहार गरिएको थियो। स्थानीय युवाहरूबीच भएको विवादले उग्र रूप लिँदा उनी गम्भीर घाइते भएका थिए।

घाइते सायरलाई उपचारका लागि माया मेट्रो अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा राति करिब २ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टङ्क थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती मा राखिएको छ।

प्रहरीका प्रवक्ता हेमबहादुर शाही ले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*