कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक आज, संसदीय दलको नेता चयन मुख्य एजेन्डा
नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने जानकारी नेताहरूले दिएका छन्।
बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, पार्टीभित्र देखिएका आन्तरिक मतभेद तथा संगठनात्मक विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ। विशेषगरी संसदीय दलको नेता चयनको विषय बैठकको मुख्य एजेन्डा रहने बताइएको छ।
निर्वाचन सम्पन्न भई संसदको एक अधिवेशन सकिँदासम्म पनि कांग्रेसले संसदीय दलको नेता टुंगो लगाउन सकेको छैन। यसैबीच, आगामी वैशाख ४ गते नेता चयन गर्ने तयारी पार्टीले अघि सारेको छ।
त्यसैगरी, पार्टीले घोषणा गरेको १५औँ महाधिवेशनको कार्यतालिकाबारे पनि बैठकमा समीक्षा र थप रणनीति तय गरिने जनाइएको छ।








