मधेश प्रदेश सरकारमा राजनीतिक अस्थिरता र असन्तुष्टि बढ्दै

कोल्हवी न्यूज
२०८३ बैशाख २, बुधबार १८:१९ गते

मधेस प्रदेश सरकारले जनकपुरधामबाट सुरु गरिएको स्वच्छ, सफा र सुन्दर सहर निर्माण अभियानलाई प्रदेशभर विस्तार गर्ने घोषणा गरेको छ।

प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै अभियानलाई मधेस प्रदेशका सबै १३६ स्थानीय तहसम्म विस्तार गरिने बताएका छन्।

मन्त्री महतोका अनुसार सार्वजनिक स्थलको सरसफाइ, अतिक्रमण नियन्त्रण र सार्वजनिक सम्पत्तिको संरक्षणलाई मुख्य लक्ष्य बनाएर अभियान सञ्चालन भइरहेको छ। जनकपुरधाममा आयोजित समन्वय बैठकपछि प्रदेशका आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग सहकार्य गर्दै अभियानलाई तीव्र बनाउने निर्णय गरिएको उनले बताए।

उनले जनकपुरधामलाई प्राचीन मिथिलाको धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न सके पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गरे।

प्रदेश सरकारले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा काम गरिरहेको पनि उनले स्पष्ट पारे।

अभियान विस्तारसँगै प्रदेशभरका नगरपालिका र गाउँपालिकामा सरसफाइ, सार्वजनिक सम्पत्तिको संरक्षण तथा शहरी व्यवस्थापनमा थप सुधार आउने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*