वीरगन्जमा सशस्त्र प्रहरीको गाडीको दुर्घटना, एक जना घाइते

कोल्हवी न्यूज
२०८२ चैत्र ३०, सोमबार १८:२४ गते

वीरगन्जमा सशस्त्र प्रहरी बलको गाडी र मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएका छन्। वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुर चोक नजिक सोमबार बिहान भएको उक्त दुर्घटनामा सशस्त्र प्रहरीको स्कार्पियो गाडीले मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा दिपेन्द्र श्रीवास्तव घाइते भएका छन्। उनलाई तत्काल नारायणी अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।

सशस्त्र प्रहरी बल नं. १३ गण पर्साका सूचना अधिकारी मोहन निरौलाका अनुसार घाइतेको अवस्था निगरानीमा राखिएको छ र उपचार जारी छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार ड्राइपोर्टबाट परवानीपुरतर्फ गइरहेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको सशस्त्र प्रहरीको गाडीले ठक्कर दिएको हो। केही स्थानीयले भने गाडीले जानाजान ठक्कर दिएको आरोपसमेत लगाएका छन्।

घटनापछि केहीबेर स्थानीय र सुरक्षाकर्मीबीच तनावको स्थिति बनेको थियो। हाल प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*