सिम्रौनगढमा विकास बहस: रास्वपा कार्यकर्ताले अघि सारे २४ बुँदे योजना

कोल्हवी न्यूज
२०८२ चैत्र ३०, सोमबार १८:१६ गते

राष्ट्रिय स्वतन्त्र पार्टीको सिम्रौनगढ नगरस्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ। स्थानीय उद्योग वाणिज्य संघको सभा कक्षमा आयोजित उक्त कार्यक्रम गगनदेव प्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको हो।

भेलामा नगरभित्रका सम्भावित विकास योजनाहरूको पहिचान गर्दै गणेश धिमाललाई मागपत्र बुझाउने विषयमा छलफल केन्द्रित रह्यो। सहभागीहरूले पूर्वाधार, पर्यटन र स्थानीय अर्थतन्त्रलाई टेवा दिने योजनाहरू अघि सार्दै कार्यान्वयनका सम्भावित रणनीतिहरू प्रस्तुत गरेका थिए।

प्रस्तावित योजनाहरूमा इशरा पोखरीको सौन्दर्यकरण, गोरु बजार–आदर्श कोतवाल च्युटाहा सडक कालोपत्रे, कोल्ड स्टोर स्थापना, मिनी चिडियाखाना निर्माण, धर्मशाला निर्माण तथा कम्काली मन्दिर परिसरस्थित त्रिलोकीनाथ मन्दिर पुनर्निर्माण प्रमुख रहेका छन्।

त्यसैगरी, करिब ५२ बिघा क्षेत्रफलमा फैलिएको झरोखर पोखरीको स्तरोन्नति गर्दै २४ बुँदे समग्र विकास योजना तयार गरिएको जानकारी पनि दिइयो। कार्यक्रममा स्थानीय अगुवा तथा कार्यकर्ताहरूले विकास प्राथमिकता निर्धारण र प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए।

कार्यक्रम सञ्चालन रामप्रवेश कुशवाहाले गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*