मल आपूर्ति सुनिश्चित गर्न किसान महासङ्घको सरकारसँग माग

कोल्हवी न्यूज
२०८२ चैत्र २९, आईतवार १८:०० गते

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले देशभर रासायनिक मलको अभाव भएको भन्दै तत्काल आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

आइतबार विज्ञप्ति जारी गर्दै महासङ्घले धान र कोदोको बीउ राख्ने, मकै गोड्ने, चैते धानमा मल हाल्ने तथा वर्षे तरकारी खेतीको संवेदनशील समयमा मलको चरम अभाव देखिएको जनाएको हो।

महासङ्घका अनुसार धान, मकै र कोदो जस्ता बालीहरू राष्ट्रिय अर्थतन्त्र र किसानको जीविकासँग प्रत्यक्ष जोडिएका रणनीतिक बाली हुन्। यस्तो महत्वपूर्ण समयमा मल नपाउनु र किसानहरू लामो लाइनमा बस्न बाध्य हुनु अत्यन्तै दुर्भाग्यपूर्ण अवस्था भएको विज्ञप्तिमा उल्लेख छ।

महासङ्घले कालोबजारी नियन्त्रण गर्न, दीर्घकालीन समाधानको योजना बनाउन तथा साना र उत्पादक किसानलाई प्राथमिकतामा राखी मल वितरण गर्न सरकारसँग आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*