बीरगन्जमा कामदारमाथि निर्घात कुटपिट गर्ने फर्म सञ्चालक पक्राउ

कोल्हवी न्यूज
२०८२ चैत्र २९, आईतवार १६:२० गते

बीरगन्जमा कुखुरा फर्ममा कार्यरत एक कामदारमाथि निर्घात कुटपिट गरेको आरोपमा फर्म सञ्चालक पक्राउ परेका छन्। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका–१७ निवासी ३० वर्षीय सकिन लाल देवान रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतका अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।

परवानीपुर प्रहरी चौकी नजिक रहेको “साबिर फ्रेस हाउस एण्ड सप्लायर्स” का सञ्चालक देवानले आफ्नै पसलमा कार्यरत २० वर्षीय कामदार नुर आलम देवानलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि घटना बाहिरिएको हो।

भिडियोमा सञ्चालकले कामदारलाई कुखुरा चोरी गरेको आरोप लगाउँदै लठ्ठीले निर्घात कुटपिट गरेको देखिन्छ। घटनापछि सामाजिक सञ्जालमा व्यापक आक्रोश देखिएको छ भने सरोकारवालाले कडा कारबाहीको माग गरेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*