सर्लाहीमा स्रोत नखुलेको ८ लाख नगदसहित दुई जना पक्राउ

कोल्हवी न्यूज
२०८२ चैत्र २९, आईतवार १८:३४ गते

सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ मा प्रहरीले नियमित गस्तीका क्रममा स्रोत नखुलेको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही गाउँपालिका–१ का ४१ वर्षीय शिवनारायण महतो रहेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भारतबाट मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरूको शरीर खानतलासी गर्दा रु आठ लाख नगद फेला परेको हो। उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान जारी राखेको र रकमको वास्तविक स्रोत पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*