रोमाञ्चक खेलमा लखनउद्वारा कोलकातामाथि ३ विकेटको जित

कोल्हवी न्यूज
२०८२ चैत्र २७, शुक्रबार ०७:२९ गते

इन्डियन प्रिमियर लिग अन्तर्गत भएको खेलमा लखनउ सुपर जायन्ट्स ले कोलकाता नाइट राइडर्स लाई ३ विकेटले पराजित गरेको छ।

इडेन गार्डेन्स मा भएको खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो। जवाफमा लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनाएर लक्ष्य भेट्टायो।

लखनउका आयुष बधोनीमुकुल चौधरी ले समान ५४ रनको अर्धशतकीय पारी खेले। अन्य ब्याट्सम्यानमा मिचेल मार्श (१५), एडेन मार्करम (२२), ऋषभ पन्त (१०) र निकोलस पूरन (१३) ले योगदान दिए।

बलिङतर्फ कोलकाताका वैभव अरोराअनुकूल रोय ले २/२ विकेट लिए भने सुनिल नरेन, कार्तिक त्यागीक्यामरन ग्रीन ले १/१ विकेट लिए।

कोलकाताका लागि अजिंक्य रहाणे ले ४१ रन बनाउँदा अंगकृष रघुवंशी (४५), क्यामरन ग्रीन (३२) र रोभम्यान पावेल (३९) ले महत्वपूर्ण योगदान दिएका थिए।

लखनउका बलरहरू आवेश खान सहित प्रिन्स यादव, मणिमरन सिद्धार्थ र दिग्वेश राठीले समान १/१ विकेट लिए।

अब इन्डियन प्रिमियर लिग अन्तर्गत आज राजस्थान रोयल्सरोयल च्यालेन्जर्स बेङ्गलुरु बीच खेल हुनेछ, जुन गुवाहाटी मा बेलुकी पौने ८ बजे सुरु हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*