धादिङमा जबरजस्ती करणी आरोपमा युवक पक्राउ, अनुसन्धान जारी
धादिङमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। गल्छी गाउँपालिका–३ छतिनटारका २८ वर्षीय रवि पोखरेललाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।
पीडित ५० वर्षीया महिलाले उजुरी दिएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले तत्कालै कारबाही अघि बढाएको थियो। सोही आधारमा आरोपी पोखरेललाई उनकै निवास क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
हाल पक्राउ परेका युवकविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दामा थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ। घटनासम्बन्धी प्रमाण संकलन तथा विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।
[5:10 PM, 4/9/2026] Sunsani Theeng: सिराहामा ब्राउन सुगरसहित तीन युवक पक्राउ, मोटरसाइकलको ट्याङ्कीभित्र लुकाइएको पदार्थ बरामद
[5:10 PM, 4/9/2026] Sunsani Theeng: सिराहामा लागुऔषध ब्राउन सुगरसहित तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ। सिराहा नगरपालिका–१५ बुधौरा क्षेत्रमा भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेका उनीहरूलाई गस्ती टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरी चौकी खिरौनाबाट खटिएको टोलीले शङ्कास्पद अवस्थामा रहेको म.प्र.०१-००४ प २६८८८८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषध फेला पारेको जनाएको छ। मोटरसाइकलको इन्धन ट्याङ्कीको बिर्काभित्र लुकाएर राखिएको तीन वटा प्लास्टिकका पोकामा ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको थियो।
पक्राउ पर्नेहरूमा १९ वर्षीय अभिषेक मुखिया (धनगढीमाई–३), १९ वर्षीय अभिषेक मुखिया (गोलबजार–१२) र २१ वर्षीय अरविन सिंह रहेका छन्।
बरामद गरिएको पदार्थको तौल प्लास्टिकसहित ४ ग्राम ६० मिलिग्राम र प्लास्टिक बाहेक २ ग्राम ५०० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
हाल तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सिराहामा राखेर थप अनुसन्धान भइरहेको छ। उनीहरूविरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा कानुनी प्रक्रिया अघि बढाइएको छ भने जिल्ला अदालत सिराहाबाट म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले जानकारी दिएका छन्।










