पाटन कृष्ण मन्दिरमा चक्कु प्रहारबाट दाजुभाइको हत्या, ५ पक्राउ

कोल्हवी न्यूज
२०८२ चैत्र २६, बिहीबार ०८:२४ गते

ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट दुई दाजुभाइको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार ३३ वर्षीय सुमित नेम्बाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्बाङमाथि आक्रमण भएको हो। गम्भीर घाइते भएका उनीहरूको B & B Hospital मा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा सञ्जीव नेपालीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई घटनापछि भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

प्रारम्भिक अनुसन्धान अनुसार, नेम्बाङ दाजुभाइले फोन गर्दा झुक्किएर सञ्जीवको मोबाइलमा पुगेको थियो। सुरुवातमा सामान्य कुराकानी भए पनि पछि विवाद चर्किँदै गएपछि सञ्जीवले उनीहरूलाई पाटन बोलाएको प्रहरीको भनाइ छ।

इमाडोलबाट पाटन पुगेपछि सञ्जीवले मासु पसलमा प्रयोग हुने धारिलो हतियारले आक्रमण गरेको प्रारम्भिक निष्कर्ष रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहे

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*