विद्युत चोरीमा कडाइ: बारामा सिँचाइका मोटरसहित विभिन्न सामग्री बरामद

कोल्हवी न्यूज
२०८२ चैत्र २५, बुधबार १६:४० गते

बारा । बाराका विभिन्न स्थानमा अनधिकृत रूपमा विद्युत प्रयोग गरी सिँचाइ गरिँदै आएको पाइएपछि सम्बन्धित निकायले कडाइ थालेको छ। नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र र सुरक्षा निकायको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा सात थान सिँचाइ मोटरसहित अन्य सामग्री नियन्त्रणमा लिइएको हो।

बरामद गरिएका सामग्रीमध्ये १ एच.पी. क्षमताका ५ वटा र २ एच.पी. क्षमताका २ वटा विद्युत मोटर रहेका छन्। यसका साथै एक थान पङ्खा, एक स्पिकर र एक फर्निचर मेसिनसमेत नियन्त्रणमा लिइएको प्राधिकरणले जनाएको छ।

कलैया वितरण केन्द्रका सुपरभाइजर दीपेन्द्र कुमार साहका अनुसार विद्युत चुहावट नियन्त्रण अभियान अन्तर्गत यो कारबाही गरिएको हो। उनले सम्बन्धित व्यक्तिहरू सम्पर्कमा आएर तोकिएको जरिवाना तिरेपछि मात्रै सामग्री फिर्ता गरिने, अन्यथा जफत गरिने स्पष्ट पारे।

प्राधिकरणले आगामी दिनमा पनि विद्युत चोरी तथा अनधिकृत प्रयोगविरुद्धको अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*