बारा प्रहरीद्वारा फरार ६ प्रतिवादी पक्राउ, अदालतमा पेश
बारा । विभिन्न मुद्दामा सजाय तोकिएपछि फरार रहँदै आएका ६ जना प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उनीहरूलाई खोजतलासकै क्रममा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका सबैलाई मंगलबार बारा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरू विभिन्न मुद्दामा अदालतबाट फैसला भएपछि फरार रहँदै आएका थिए।
पक्राउ पर्नेहरूमध्ये कलैया उपमहानगरपालिका–१९ का ४९ वर्षीय ओसि महम्मद ठकुराई चेक अनादर मुद्दामा एक महिना कैद र ३ हजार रुपैयाँ जरिवाना सजाय पाएका थिए। त्यसैगरी, कलैया–६ का ६५ वर्षीय मोहनलालप्रसाद साहलाई सोही प्रकृतिको मुद्दामा २ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो।
प्रहरीले अन्य फरार प्रतिवादीहरूको खोजी कार्यलाई तीव्र पार्दै कानुनी दायरामा ल्याउने अभियानलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।










