इरान-अमेरिका युद्धविरामपछि तेलको मूल्यमा तीव्र गिरावट

कोल्हवी न्यूज
२०८२ चैत्र २५, बुधबार ०६:४९ गते

मध्यपूर्वमा बढ्दो तनावबीच इरानअमेरिका बीच दुई हप्ते युद्धविराममा सहमति भएपछि अन्तर्राष्ट्रिय तेल बजारमा राहत देखिएको छ। युद्धविरामको घोषणासँगै कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विशेषगरी वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेल को मूल्य १५ प्रतिशतभन्दा बढीले घट्दै प्रति ब्यारेल ९५ डलरभन्दा तल झरेको छ। केही दिनअघि मात्र मध्यपूर्वमा तनाव बढ्दा तेल आपूर्ति प्रभावित भई मूल्य आकासिएको थियो।

हर्मुज जलमार्ग मा अवरोध सिर्जना हुँदा विश्व बजारमा आपूर्ति संकटको चिन्ता बढेको थियो। तर, अब उक्त जलमार्ग सुरक्षित रूपमा पुनः सञ्चालन गर्ने सहमति भएपछि बजारमा सकारात्मक संकेत देखिएको छ।

यसैबीच, अमेरिकी शेयर बजार पनि उकालो लागेको छ। डोनाल्ड ट्रम्प ले हर्मुज जलमार्ग तत्काल खोल्ने विषयमा इरानसँग सहमति भएको जानकारी दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*