द्रुतमार्गका लागि १९ हजार रुख काट्न स्वीकृति : विकास र वातावरणबीच सन्तुलनको प्रश्न

कोल्हवी न्यूज
२०८२ चैत्र २४, मंगलवार १८:३३ गते

सरकारले निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग परियोजनालाई गति दिन ठूलो संख्यामा रुख कटानको अनुमति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले परियोजनाको मार्गभित्र पर्ने १८ हजार ९९८ वटा रुख हटाउन स्वीकृति प्रदान गरेको हो।

निर्णयअनुसार काठमाडौं, ललितपुरमकवानपुर का विभिन्न वन क्षेत्रभित्रको ४६.३९ हेक्टर जमिन परियोजनाका लागि प्रयोग गर्न दिइनेछ। सोही क्षेत्रभित्र रहेका रुखहरू निर्माण कार्य सहज बनाउन काटिने जनाइएको छ।

मन्त्रिपरिषद् बैठकपछि प्रतिभा रावल ले द्रुतमार्गको कामलाई तीव्र बनाउन वन क्षेत्र प्रयोग र रुख कटान आवश्यक रहेको बताइन्।

राष्ट्रिय प्राथमिकतामा राखिएको यो द्रुतमार्गले राजधानीलाई तराई–मधेससँग छोटो दूरीमा जोड्ने लक्ष्य राखेको छ। तर ठूलो संख्यामा रुख कटानको निर्णयसँगै वातावरणीय प्रभाव र संरक्षणबारे बहस समेत सुरु हुने देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*