आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउको जीत, चेन्नई र हैदरावाद पराजित

कोल्हवी न्यूज
२०८२ चैत्र २३, सोमबार ०७:४९ गते

एम चिन्नास्वामी रंगशालामा गएराति भएको रोयल च्यालेन्जर्स बैंगलुरुचेन्नई सुपर किंग्स बीचको खेल रोमाञ्चक रह्यो। बैंगलुरुले दिएको २५१ रनको लक्ष्य पछ्याएको चेन्नई १९ ओभर ४ बलमा २०७ रन बनाउँदै अलआउट भयो।

बैंगलुरुको बलिङ उत्कृष्ट रह्यो। भुवनेश्वर कुमारले ३ विकेट लिए भने ज्याकोब डफी, अभिनन्दन सिंह र क्रुनाल पाण्ड्याले समान दुई-दुई विकेट लिए। सुयाष शर्माले १ विकेट थप्दा चेन्नईको बलिङलाई चुनौती दिएको थियो। चेन्नईका लागि सरफराज खानले ५० रनको राम्रो पारी खेले पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।

बैंगलुरुको टस हारेर पहिले ब्याटिङ गर्दा २० ओभरमा तीन विकेट गुमाएर २५० रन बनाएको थियो। जितसँगै बैंगलुरुले चार अंक जोड्दै प्रतियोगिताको शीर्ष स्थान कायम राखेको छ। चेन्नई तीन खेलमा लगातार हार खाँदै अंकविहीन रह्यो।

त्यसैगरी, राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदरावादलाई ५ विकेटले हरायो। ऋषभ पन्तको अर्धशत्को मद्दतले लखनउले १९ ओभर ५ बलमा १५७ रनको लक्ष्य पूरा गर्‍यो। यससँगै लखनउले पहिलो जितमा पहिलो दुई अंक जोड्यो र अंक तालिकाको ७औँ स्थानमा उक्लियो। हैदरावाद तीन खेलमा १ सय ५६ रनमा अलआउट हुँदै तालिकाको ५औँ स्थानमा छ।

आजको खेलमा पञ्जाब किंग्सकोलकाता नाइट राइडर्स भिड्नेछन्। खेल कोलकाताको इडेन गार्डनमा नेपाली समयअनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*