रौतहटमा ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु

कोल्हवी न्यूज
२०८२ चैत्र २०, शुक्रबार १३:११ गते

रौतहटमा ट्रयाक्टर दुर्घटनामा चालकको ज्यान गएको छ। गढिमाई नगरपालिका–७ अन्तर्गत धरमपुर–धनाडी सडकखण्डमा पर्ने नहरको बाटोमा दुर्घटना भएको प्रहरीले जनाएको छ। धनाडीबाट धरमपुरतर्फ जाँदै गरेको ना ६ त ९६८३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट तल खसेर खेतमा पल्टिएको थियो। दुर्घटनाका क्रममा ट्रयाक्टरको इन्जिनले थिचिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। मृतक गौर नगरपालिका–६ सबगढाका २८ वर्षीय रञ्जित साह रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*