निजगढमा मोटरसाइकल दुर्घटना: दुई युवकको ज्यान गयो

कोल्हवी न्यूज
२०८२ चैत्र १८, बुधबार १६:४९ गते

बाराको निजगढ क्षेत्रमा पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो भएको एक दर्दनाक सडक दुर्घटनामा दुई युवकको मृत्यु भएको छ। आपसमा ठोक्किएका दुई मोटरसाइकलका चालकहरू गम्भीर घाइते भएका थिए।

मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका–७ का २२ वर्षीय वैभव ढुङ्गाना र निजगढ नगरपालिका–६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन्। दुर्घटनापछि दुवैलाई तुरुन्तै उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको अर्को मोटरसाइकल निजगढ नगरपालिका–९ पश्चिम लच्कामा एकआपसमा ठोक्किएको थियो। दुवै चालकले आफ्नै मोटरसाइकल चलाइरहेका थिए।

इलाका प्रहरी कार्यालय निजगढले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*