‘आ बाट आमा २’ घोषणा, आकाश श्रेष्ठको इन्ट्री

कोल्हवी न्यूज
२०८२ चैत्र १८, बुधबार ०६:४४ गते

यस वर्षको चर्चित र सफल फिल्म आ बाट आमा को सिक्वेल निर्माण हुने भएको छ। ‘आ बाट आमा २’ नाम दिइएको फिल्मको छायांकन आगामी बैशाखदेखि सुरु गर्ने तयारी भइरहेको छ भने यतिबेला कलाकार छनोटको काम तीव्र पारिएको छ।

फिल्ममा पहिलो भागका मुख्य कलाकार विपना थापापल शाह पुनः अनुबन्धित भइसकेका छन्। यसैबीच अभिनेता आकाश श्रेष्ठ लाई पनि मुख्य भूमिकामध्ये एकका लागि भित्र्याइएको छ। निर्देशक चन्द्र पन्त ले कथासँग मिल्दो पात्रका कारण आकाशलाई छनोट गरिएको बताएका छन्।

निर्माण पक्षका अनुसार यसपटक फिल्मको कथा पहिलो भागभन्दा फरक शैलीमा अगाडि बढ्नेछ, यद्यपि कथावस्तुबारे विस्तृत खुलाइएको छैन। अन्य कलाकारहरूको छनोट प्रक्रिया अझै जारी छ।

पहिलो भागमा सिम्रन पन्त, उषा उप्रेतीसाइग्रेस पोखरेल लगायतले अभिनय गरेका थिए। स्रोतका अनुसार उषा उप्रेती दोस्रो भागमा पुनः देखिन सक्ने सम्भावना छ।

आर्या इन्टरटेन्टमेन्ट को ब्यानरमा बन्ने फिल्मको कथा निर्देशक पन्त स्वयंले लेखेका हुन्। उनी आफैं निर्माता रहेको यो फिल्म आगामी दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

पहिलो भागले घरेलु बक्स अफिसमा १३ करोडभन्दा बढी कमाइ गरेकाले सिक्वेलले त्यो सफलता पार गर्नेछ वा छैन भन्ने चासो दर्शकमाझ बढ्दो छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*