इरान पुनर्निर्माणमा २० वर्ष लाग्ने ट्रम्पको दाबी

कोल्हवी न्यूज
२०८२ चैत्र १८, बुधबार ०६:२७ गते

डोनाल्ड ट्रम्प ले अमेरिका र इजरायल को हमलापछि इरान लाई पुनर्निर्माण गर्न १५ देखि २० वर्ष लाग्ने दाबी गरेका छन्।

ह्वाइट हाउस मा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानको सैन्य तथा पूर्वाधार संरचना गम्भीर रूपमा ध्वस्त भएको बताए। उनले अमेरिका पक्षले इरानको क्षमतामा ठूलो क्षति पुर्‍याएको दाबी गर्दै अबको पुनर्निर्माण प्रक्रिया लामो समयसम्म चल्ने उल्लेख गरे।

ट्रम्पका अनुसार इरानको नौसेना, वायुसेना, दूरसञ्चार प्रणाली र अन्य रक्षा संयन्त्रहरू प्रभावहीन अवस्थामा पुगेका छन्। उनले इरानसँग वार्ताको सम्भावनाबारे पनि टिप्पणी गर्दै, वार्ता भए राम्रो भए पनि नहुँदा पनि अमेरिकी पक्षलाई फरक नपर्ने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*