देशभर सडक दुर्घटना: दुई दिनमा ५ जनाको मृत्यु

कोल्हवी न्यूज
२०८२ चैत्र १५, आईतवार १८:१३ गते

देशका विभिन्न जिल्लामा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार महोत्तरीको सोनमा गाउँपालिका–५ खैरबनीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा १९ वर्षीय रामजीवन साहको ज्यान गएको हो।

गुल्मीको चन्द्रकोट गाउँपालिका–४ रिपामा जिपको ठक्करबाट ५५ वर्षीया तुलसी थापाको मृत्यु भएको छ। त्यस्तै, मकवानपुरको भीमफेदी गाउँपालिका–६ एघारघुम्तीमा जिप दुर्घटना हुँदा ८६ वर्षीय गोरे राईको ज्यान गएको प्रहरीले जनाएको छ।

सिरहाको धनगढीमाई नगरपालिका–६ मा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया उर्मिलादेवी महतोको मृत्यु भएको छ भने चितवनको भरतपुर महानगरपालिका–१२ आस्थाचोकमा मोटरसाइकल दुर्घटना हुँदा २१ वर्षीय टोनबहादुर आलेमगरको ज्यान गएको छ।

प्रहरीका अनुसार सबै घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*