देशभर ७ हजारभन्दा बढी विपद्का घटना: ४७९ जनाको ज्यान गयो, हजारौं प्रभावित

कोल्हवी न्यूज
२०८२ चैत्र १२, बिहीबार ०८:२४ गते

नेपालमा गत वैशाख १ गतेदेखि हालसम्म सात हजारभन्दा बढी विपद्का घटना दर्ता भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल ७,२३१ विपद्का घटना भएका छन्।

यी घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् भने ४७९ जनाले ज्यान गुमाएका छन्। साथै १,८०० जना घाइते भएका छन्।

प्राधिकरणका अनुसार सबैभन्दा बढी आगलागीका घटना (३,४८०) भएका छन्। त्यसपछि पहिरो (६०४), सर्पदंश (६००), हुरीबतास (४५१), भारी वर्षा (४४२), चट्याङ (४०६) र बाढी (३२१) का घटना दर्ता भएका छन्।

यसैगरी, जनावरको आक्रमण (५०४), वन डढेलो (२७९), लेक लाग्ने (१२३) र हिउँपहिरो (५) का घटना पनि भएका छन्। अन्य विपद्मा भूकम्प (७), असिना र डुङ्गा पल्टिने (२/२) तथा शीतलहर र हुरीसहितका एक/एक घटना समावेश छन्।

प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार चैत १० गतेदेखि ११ गते बिहानसम्म मात्रै २६ वटा विपद्का घटना भएका थिए। सो अवधिमा नौ जिल्लाका १३ स्थानमा आगलागी हुँदा १० जना घाइते भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*