रौतहटमा धारामा जडान गरिएको मोटरबाट करेन्ट लाग्दा महिलाको मृत्यु

कोल्हवी न्यूज
२०८२ चैत्र ९, सोमबार ०८:३० गते

आइतबार दिउँसो धारामा जडान गरिएको विद्युतीय मोटरबाट अचानक करेन्ट लाग्दा एक महिला गम्भीर घाइते भएकी छन्।

घाइते अवस्थामै उनलाई तत्काल उपचारका लागि चन्द्रपुर स्थित चपुर अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोटर प्रयोग गर्दा सावधानी नअपनाउँदा यस्तो दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*