सिरहामा बार एशोसिएसन कार्यालयमा कुकर बम विस्फोट, एकजना पक्राउ

कोल्हवी न्यूज
२०८२ चैत्र ६, शुक्रबार १४:३९ गते

सिरहा, ०६ चैत — सिरहा जिल्ला अदालतअगाडि रहेको बार एशोसिएसनको कार्यालयमा कुकर बम विस्फोट भएको छ। प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा सुखीपुर नगरपालिका–३ का गुमस्ता यादव लाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पाल का अनुसार, पक्राउ परेका यादवमाथि अनुसन्धान जारी छ र हाल चार दिनदेखि थप विवरण संकलन भइरहेको छ। डीएसपी पालले भने, अनुसन्धानको निष्कर्ष आएपछि मात्र थप जानकारी सार्वजनिक गरिनेछ।

विस्फोटमा कार्यालयमा कार्यरत एकजना कर्मचारी घाइते भएका छन्। घाइते सिरहा नगरपालिका–१ का सौरभ यादव हुन्, जसको खुट्टामा चोट लागेको छ। विस्फोटले कार्यालयभित्र रहेको कम्प्युटर र अन्य सामग्रीमा पनि क्षति पुर्याएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*