इरान मिशनपछि अमेरिकी एफ–३५ आकस्मिक अवतरण, आक्रमणको आशंका

कोल्हवी न्यूज
२०८२ चैत्र ६, शुक्रबार ११:४३ गते

काठमाडौं, ६ चैत — संयुक्त राज्य अमेरिका को एक एफ–३५ युद्धविमानले मध्यपूर्व को एक सैन्य अखडामा आकस्मिक अवतरण गरेको छ। इरान माथि सैन्य मिसन पूरा गरी फर्कने क्रममा विमानमा प्राविधिक समस्या देखिएको बताइएको छ।

अमेरिकी केन्द्रीय कमाण्ड का प्रवक्ता क्याप्टेन टिम हकिन्स का अनुसार विमान सुरक्षित रूपमा अवतरण भएको छ र पाइलटको अवस्था सामान्य रहेको छ।

उनले विज्ञप्ति जारी गर्दै घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

यसैबीच, CNN ले अज्ञात स्रोतलाई उद्धृत गर्दै उक्त करिब १० करोड डलर मूल्य पर्ने अत्याधुनिक विमानलाई इरानले प्रहार गरेको हुन सक्ने सम्भावना औंल्याएको छ।

यता इस्लामिक रिभोलुसनरी गार्ड ले पनि अमेरिकी विमानलाई निशाना बनाएको दाबी गरेको छ। यद्यपि, विमान आकस्मिक अवतरण गर्नुपर्ने वास्तविक कारणबारे अमेरिकाले औपचारिक पुष्टि गरेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*