बारामा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

कोल्हवी न्यूज
२०८२ चैत्र ३, मंगलवार १५:४२ गते

बाराको सिम्रौनगढ नगरपालिकामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

सोमबार बेलुकी सिम्रौनगढ–५ स्थित सडकखण्डमा भारतीय नम्बर प्लेटका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। बीआर ०५ एए ८४४४ नम्बरको मोटरसाइकलले बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा सिम्रौनगढ–५ का ४५ वर्षीय सुरेन्द्र महतो गम्भीर घाइते भएका थिए। उनलाई तत्काल प्रादेशिक अस्पताल कलैयामा उपचारका लागि लगिए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उक्त मोटरसाइकलका चालकसहित अन्य दुई जना घाइते भएका छन्। एक जनाको समाज अस्पताल कलैयामा उपचार भइरहेको छ भने अर्का घाइतेको वीरगन्जस्थित हिमाल अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*