कलैयाको मटिअर्वामा पसल फोडेर डेढ लाख रुपैयाँ चोरी

कोल्हवी न्यूज
२०८२ चैत्र १, आईतवार १६:१२ गते

बारा, ०१ चैत । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वास्थित एक पसलमा चोरी भएको छ। मानवत–मटिअर्वा–पिलुवा सडकखण्डमा रहेको किताब, कपी तथा मनि ट्रान्सफर सेवा प्रदान गर्ने पसलबाट नगद रकम चोरी भएको हो।

रामपुकार गुप्ता (सागर) ले सञ्चालन गर्दै आएको उक्त पसलमा शनिबार मध्यराति सट्टरको ताल्चा काटेर चोरी गरिएको प्रहरीले जनाएको छ। पसलबाट करिब डेढ लाख रुपैयाँ नगद चोरी भएको सञ्चालक गुप्ताले बताएका छन्।

स्थानीयका अनुसार पछिल्लो समय मटिअर्वा क्षेत्रमा चोरीका घटना बढ्दै गएका छन्। करिब डेढ वर्षअघि सोही स्थानमा रहेको एक सुनचाँदी पसलमा पनि चोरी भएको थियो। केही दिनअघि भने एउटै घरमा दुई पटक चोरी भएको घटनाले स्थानीयलाई थप चिन्तित बनाएको छ।

चोरी भएको पसल नजिकै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मटिअर्वा रहेको छ भने करिब पाँच सय मिटरको दूरीमा प्रहरी चौकी भए पनि चोरीका घटना दोहोरिन थालेको भन्दै स्थानीयले सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराले घटनाबारे थप अनुसन्धान सुरु गरिएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*