एपीएफद्वारा आर्मी पराजित, राष्ट्रिय लिगको शीर्षस्थान कब्जा

कोल्हवी न्यूज
२०८२ फाल्गुन २९, शुक्रबार ०७:२८ गते

तस्वीर : एन्फा

राष्ट्रिय लिग फुटबलमा एपीएफ क्लबले महत्वपूर्ण जित हासिल गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

दशरथ रंगशालामा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराएको हो। खेलको निर्णायक गोल एपीएफका सबिन गुरुङले गरेका थिए। उनले खेलको ७६औँ मिनेटमा गरेको गोल नै एपीएफको जितका लागि पर्याप्त बन्यो।

यस जितसँगै एपीएफले १० खेलबाट २४ अंक जोड्दै लिगको शीर्षस्थान कब्जा गरेको छ। यसअघि शीर्षस्थानमा रहेको मछिन्द्र क्लब २२ अंकसहित दोस्रो स्थानमा झरेको छ। उता आर्मी क्लब १० खेलबाट २० अंकसहित तेस्रो स्थानमै कायम रहेको छ।

यसैबीच, हिजै भएका अन्य खेलहरूमा चर्च ब्वाइज युनाइटेडले काँक्रेबिहार क्लबलाई २–१ गोलले पराजित गर्यो। अर्को खेलमा सङ्कटा क्लबले श्री भगवती क्लबमाथि १–० गोलको जित निकाल्यो।

राष्ट्रिय लिगको प्रतिस्पर्धा अहिले झनै रोमाञ्चक बन्दै गएको छ, जहाँ शीर्ष स्थानका लागि क्लबहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*