कञ्चनपुरमा नाबालिकामाथि बलात्कारको आरोपमा दुई जना पक्राउ

कोल्हवी न्यूज
२०८२ फाल्गुन २८, बिहीबार १७:५५ गते

कञ्चनपुरमा नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। भीमदत्त नगरपालिका–१० मा रहेको बैजनाथ सामुदायिक वन क्षेत्रमा लगेर नाबालिकामाथि बलात्कार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका–९ का ४० वर्षीय हीरा नाथ र वडा नम्बर १० का ४७ वर्षीय नरेश नाथ रहेका छन्।

पीडित पक्षबाट प्राप्त उजुरी र घटनासम्बन्धी सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल दुवै जनालाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*