राष्ट्रिय लिगमा आर्मीको शानदार जित, पुलिस ४–१ ले पराजित

कोल्हवी न्यूज
२०८२ फाल्गुन २६, मंगलवार ०६:५७ गते

राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा हिजो भएको खेलमा आर्मीले पुलिसलाई ४–१ गोलले हरायो ।

आर्मीका निराजन धामीले २ तथा पेम्बो दोर्जे लामा र किरण सुनारले १÷१ गोल गरे । पुलिसका दशरथ गिरीले गोल गरे । यो जीतसँगै आर्मी ९ खेलमा २० अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पुलिस ९ खेलमा ८ अङ्कसहित १२औँ स्थानमा छ ।

राष्ट्रिय लिगमा हिजै भएका खेलमा फ्रेन्ड्स क्लबले श्री भगवती क्लबलाई २–० गोलले हराउँदा नेपाल एपीएफ क्लब र प्लानिङ ब्वाइज युनाइटेड बीच १–१ गोलको बराबरी भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*