घरेलु मदिरा नष्ट गर्ने अभियानमा सिमरा प्रहरीलाई ठुलो सफलता, एकैदिन ५० वटा भट्टि नष्ट
बाराको जीतपुर–सिमरा उपमहानगरपालिका वडा नं २१ गुरुङ्ग टोल र सागर टोलमा सञ्चालित अवैध घरेलु मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । अवैध घरेलु मदिरा उत्पादन भईरहेको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीको टोलिले ५० वटा अवैध मदिरा भट्टीहरु नष्ट गरेको हो ।
प्रहरीले सो स्थानमा सञ्चालित भट्टीबाट मदिरा बनाउन प्रयोग हुने ८ हजार लिटर कच्चा पर्दाथ तथा तयारी अवस्थाको ३ हजार लीटर मदिरा नष्ट गरेको ईलाका प्रहरी कार्यलय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिनुभयो । साथै मदिरा बनाउन प्रयोग गरीने भाडाकुँडा, तथा प्लाष्टिकको ड्रमसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
पछिल्लो समय सिमरा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गर्ने अभियान नै चलाएको छ । घरेलु मदिरा नष्ट गर्ने अभियानमा जीतपुर–सिमरा उपमहानरका विभिन्न स्थानमा प्रहरीले छापा मारी बीसौँ हज्जार लीटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित तैयारी अवस्थाका मदिरा बरामद गरी नष्ट गर्ने गरेको प्रहरी नायब उपरीक्षक कुवँरले बताउनु भयो ।