धनगढीमा ३० वर्षीया महिलाको हत्या, श्रीमान् फरार

कोल्हवी न्यूज
२०८२ फाल्गुन २५, सोमबार ०७:३२ गते

धनगढी मा एक महिलाको हत्या भएको घटना सार्वजनिक भएको छ। धनगढी उपमहानगरपालिका–७ देवहरियाकी ३० वर्षीया सरस्वती अवस्थी जोशी मृत अवस्थामा फेला परेकी हुन्।

प्रहरीका अनुसार फागुन २३ गते शनिबार राति उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि उनका श्रीमान् डम्मरराज जोशी फरार भएका छन्। प्रहरीले श्रीमान्ले नै हत्या गरेको आशंकामा उनको खोजी कार्य तीव्र बनाएको जनाएको छ।

घटनाबारे जानकारी भने दम्पतीका छोराले राति छिमेकीलाई दिएका थिए। त्यसपछि छिमेकीको सूचनाका आधारमा प्रहरी टोली आइतबार बिहान करिब १ बजे घटनास्थलमा पुगेको थियो।

प्रहरीका अनुसार मृतकको टाउकोमा धारिलो हतियारले प्रहार गरिएको देखिएको छ। शव परीक्षणका लागि मृतकको शव सेती प्रादेशिक अस्पताल मा राखिएको छ।

घटनामा संलग्न भएको आशंकामा फरार रहेका जोशीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*