सर्लाहीमा कांग्रेस नेता डा. कमलेश्वर सिन्हामाथि आक्रमण

कोल्हवी न्यूज
२०८२ फाल्गुन २५, सोमबार ०७:२४ गते

सर्लाही, २४ फागुन। नेपाली कांग्रेस का नेता तथा पूर्व प्रमुख जिल्ला अधिकारी डा. कमलेश्वर सिन्हा माथि बलरा नगरपालिका–४ मा आक्रमण भएको छ।

आइतबार मध्यान्ह करिब १२ बजेतिर सिन्हा आफ्ना छोरा र नातिसँगै स्कार्पियो गाडीमा बसिरहेका बेला केही व्यक्तिहरूले गाडीलाई लक्षित गरी इट्टा प्रहार गरेका थिए। घटना बलरा–४ स्थित राजेश सिंहको घरको पूर्वतर्फ र सुनिल सिंहको घरको उत्तरतर्फ रहेको सडकखण्डमा भएको बताइएको छ।

स्थानीय युवा नेता नवीन कुशहवा का अनुसार आक्रमणमा संलग्न व्यक्तिहरूले गाडीमा लगातार इट्टा प्रहार गरेका थिए। इट्टा प्रहार रोक्ने प्रयास गर्दा सिन्हाको हात र शरीरका विभिन्न भागमा चोट लागेको उनका नाति शनि कुमार सिंह ले जानकारी दिएका छन्।

घटनामा गोपेशकुमार सिंहपंकजकुमार झा संलग्न रहेको आरोप लगाइएको छ। गोपेशकुमार सिंह अमरेशकुमार सिंह का भतिजा रहेको बताइएको छ। अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी बाट सर्लाही–४ का प्रतिनिधिसभा सदस्य हुन्।

आक्रमणपछि घाइते सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

यस घटनाप्रति नेपाली कांग्रेस ले कडा आपत्ति जनाउँदै ज्यान लिने उद्देश्यले आक्रमण गरिएको आरोप लगाएको छ। पार्टीले दोषीहरूलाई कानुनअनुसार कडा कारबाही गर्न प्रशासनसँग माग गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*