बाराको प्रसौनीका प्रधानाध्यापक सिंहलाई कोठामा थुनेर किन कुटे वडा अध्यक्ष र उनका लठैतले !

कोल्हवी न्यूज
२०७८ कार्तिक १७, बुधबार २१:०९

बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ मा रहेको नेपाल राष्ट्रिय मावि बेलहियाका प्रधानाध्यापक पवन सिंहमाथी कुटपिट गरेको भिडियो सामाजिक संजालमा बाहिरिएको छ । भिडियो तीन सेकेन्ड को छ भने त्यस भिडियोमा देखिएका एक जनाले कार्यालयमै थुनेर कुटेको प्रष्ट देखिन्छ ।

प्रधानाध्यापक सिंहले वडा अध्यक्ष बृजकिशोर कुशवाहा र वहाँ सङ्गै आएका अन्य गुण्डाहरुले पालैपालो गरि आफुलाई मर्णासन्न हुने गरि पिटेको र एक एक गरि भिडियो बनाएको आरोप लगाएका छन । प्रधानाध्यापक सिंहले वडा अध्यक्ष कुश्वाहा र उनका लठैतहरुले पहिला देखि धम्काउदै आएको र आफुलाई धेरै दुख दिएको बताए ।

सिंहले वडाध्यक्ष कुशवाहाले आफूसँग पैसा दिनु भनेर माग्ने गरेको आरोप समेत लगाएका छन् । तलब, भत्ता र भवन निर्माण लगायत विद्यालयमा शिक्षक तोकेरै पैसा आउनेबारे उनले वडाध्यक्ष कुशवाहालाई जानकारी गराएको र यसैको रिसइबी साँधेको उनको आरोप छ ।यता वडा अध्यक्ष कुश्वाहाले बिधालयमा कहिल्यै पनि पूरा समय नदिने,समयमा शिक्षकको तलब उपलब्ध गराउन नसक्ने र दुई बर्ष देखि को बिधालयको बैंक स्टेटमेन्ट माग्दा समेत नदिएको र सो को लागि आफुले कुरा राख्दा नटेर्ने गरेको बताउदै केवल बिधालयमा राजनिती गराएर बिद्यार्थीको जीवन सङ्ग खेलवाड गरिरहेको आरोप लगाए ।

प्रधानाध्यापक माथी किन हातपात गरेको भन्ने प्रश्नमा आफु बिधालयमा पुग्दा सोही बिधालयका बिद्यार्थीहरुले उनिमाथी हातपात गरिरहेको देखेपछि बिद्यार्थीलाई आफुले त्यहाबाट धपाएको बताए । बिधालयमा गरिएको आर्थिक हिनामिना को हिसाब खोज्दा आफुमाथी बिपक्षीको ईसारामा आरोप लगाएर चरित्र हत्या गराउन खोजिएको कुश्वाहाले बताएका छन । सोही बिधालयका शिक्षक सोनालाल केशरिले कस्ले पिट्यो भन्ने प्रश्नमा आफुले नदेखेको बताएका छन । यद्यपि स्रोतका अनुसार वडाध्यक्ष कुशवाहा र सिंहबीच दुई वर्षदेखि नै त्यति राम्रो सम्बन्ध थिएन ।

वडा अध्यक्ष ले पिट्नै पर्ने अवस्था किन आयो रु संविधान ले वडा अध्यक्ष ले आफ्नै वडा का बिधालय का प्रधानध्यापक लाई कुटपिट गर्न त दिएको छैन रु अनि कर्मचारी हु भन्दैमा तलब आए मात्र पढाउने नभए बिधालय बन्द गर्नु के उचित हो रु यता, प्रहरीले भने घटनाबारे कुनै पनि उजुरी नआएको जानकारी दिएको छ । गाउपालिका अध्यक्ष भोला गुप्ताले समेत यो बिषयमा आधिकारिक रुपमा खबर न आएको प्रतिक्रिया दिएका छन । यात्राडेलीबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*