गोलबजारमा टिपर हाइड्रोलिकमा करेन्ट लाग्दा चालकको मृत्यु
सिरहा, गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने बाटोमा शुक्रबार बिहान प्रदेश २–०–००१ क ००४५ नम्बरको टिपरको हाइड्रोलिक उठाउँदा विद्युत् लाइन छोेएर चालकको मृत्यु भएको छ।
मृतक सन्तोष साह करिब ४३ वर्षीय रहेका छन्। टिपरको पछिल्लो भाग सफा गर्ने क्रममा करेन्ट लाग्दा टिपरमा आगलागी समेत भएको थियो।
घाइते सन्तोष साहलाई तत्काल स्थानीय हेल्थ केयर अस्पतालमा लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पाल ले जानकारी दिएका छन्।
प्रहरी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए। शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाइएको छ।










