राष्ट्रिय लिगमा आर्मीको प्रभावशाली जित, पुलिसको सात गोल वर्षा

कोल्हवी न्यूज
२०८२ फाल्गुन १५, शुक्रबार ०७:०६ गते

राष्ट्रिय लिग फुटबलअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबलाई २–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको छ। आर्मीले दुवै हाफमा सन्तुलित प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको हो।

हिजो नै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले जनजागृती युवा क्लबमाथि ७–० को फराकिलो जित निकाल्दै प्रतियोगितामा बलियो उपस्थिति जनाएको छ। पुलिसको आक्रमणपंक्ति सुरुदेखि नै आक्रामक देखिएको थियो।

यस्तै, प्लानिङ ब्वाइज युनाइटेड र न्युरोड टिम (एनआरटी) बीचको खेल भने बराबरीमा सकिएको छ। दुवै टोलीले अवसर सिर्जना गरे पनि निर्णायक गोल गर्न नसक्दा अंक बाँडेका हुन्।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरी १७ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा सञ्चालन भइरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*