मकवानपुरको मनहरीमा बस दुर्घटना : २२ यात्रु घाइते

कोल्हवी न्यूज
२०८२ फाल्गुन १०, आईतवार १०:०५ गते

मकवानपुरमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकखण्डमा बा.प्र.०६–००१ ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत पोलमा ठोक्किएको हो। बस वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार दुर्घटनामा बसमा सवार २२ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि चितवनस्थित अस्पताल पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*