गौरमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त

कोल्हवी न्यूज
२०८२ फाल्गुन ८, शुक्रबार १०:३० गते

रौतहट, ०८ फागुन – रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सबगढा गाउँमा बिहीबार राति दुई समुदायबीच झडप भएपछि अवस्था तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणका लागि सुरक्षा निकायले व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरेको छ।

स्थानीय जानकारीअनुसार हिन्दू समुदायको विवाह जन्ती बाजागाजासहित मस्जिद नजिक पुग्दा मस्जिदभित्र मुस्लिम समुदायले रातिको नमाज अदा गरिरहेका थिए। सो क्रममा दुबै पक्षबीच विवाद चर्किँदा केही व्यक्तिमाथि कुटपिट भएको बताइएको छ।

शुक्रबार बिहान पुनः दुवै पक्षबीच ढुङ्गा हानाहान भएको र अवस्था थप तनावपूर्ण बनेको स्रोतको दाबी छ। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल का गरी करिब अढाई सयभन्दा बढी सुरक्षाकर्मी परिचालित छन्।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल ले घटनाको पुष्टि गर्दै स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको बताए। उनका अनुसार सिताराम रिजाल र रामहरि अधिकारी समेत घटनास्थलमा खटिएका छन्।

प्रशासनले दुवै पक्षसँग वार्तामार्फत समस्या समाधान गर्ने पहल भइरहेको जनाएको छ। स्थानीयलाई संयमित रहन र अफवाहमा विश्वास नगर्न आग्रह गर्दै घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*