देशभरबाट लागुऔषधसहित १६ जना पक्राउ

कोल्हवी न्यूज
२०८२ फाल्गुन ८, शुक्रबार १२:४३ गते

देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी को केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नियमित सुरक्षा गस्ती तथा जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरी विवरणअनुसार झापा बाट दुई जना, मोरङ बाट एक जना, सिरहा बाट तीन जना, कास्की बाट तीन जना, बाँके बाट तीन जना, कैलाली बाट दुई जना तथा मकवानपुर बाट दुई जना पक्राउ परेका हुन्।

पक्राउ परेकाहरूको साथबाट खैरो हिरोइन तथा चिकित्सकको पूर्जीबिना किनबेच गर्न नपाइने विभिन्न प्रतिबन्धित औषधि बरामद गरिएको प्रहरीले जनाएको छ।

बुधबार र बिहीबार सञ्चालन गरिएको नियमित सुरक्षा जाँचका क्रममा शंकास्पद अवस्थामा भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। बरामद लागुऔषध र पक्राउ परेकामाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।

प्रहरीले लागुऔषध नियन्त्रणका लागि देशव्यापी निगरानी तथा सुरक्षा कारबाहीलाई अझ प्रभावकारी बनाउँदै लगिएको उल्लेख गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*