अफगानिस्तान : काबुलको सैन्य अस्पतालमा २ वटा बम विस्फोट

कोल्हवी न्यूज
२०७८ कार्तिक १६, मंगलवार १६:३८ गते

फगानिस्तानको राजधानी काबुलमा रहेको एक सैन्य अस्पताल नजिक मंगलवार दुईवटा बम विस्फोट भएको त्यहाँको गृह मन्त्रालयका प्रवक्ताले ट्वीटमार्फत जानकारी दिएका छन् ।

‘सरदार मोहम्मद दाउद खान सैन्य अस्पतालको ढोकामा विस्फोट भएको छ । विशेष सुरक्षाबल घटनास्थलमा पुगेका छन् । विस्फोटका कारण हताहती भएको छ । त्यसको विवरण पछि दिइनेछ,’ प्रवक्ता कारी सईद खोस्तीले ट्वीट गरे ।

घटनामा कसैको मृत्यु भए नभएको खुलेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*