प्रेमकथामा आधारित दुई फिल्मको व्यापार निराशाजनक

कोल्हवी न्यूज
२०८२ फाल्गुन ४, सोमबार १५:४९ गते

माघ २३ गतेदेखि प्रदर्शनमा आएका नेपाली फिल्म ‘कुमारी’ र ‘रमिताको पिरती’ को बक्स अफिस विवरण सार्वजनिक भएको छ। चलचित्र विकास बोर्ड ले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार दुवै फिल्मको व्यापार अपेक्षाअनुसार हुन सकेको छैन।

कुमारी ले फागुन २ गतेसम्म ५६ लाख २११ रुपैयाँ ग्रस कमाइ गरेको छ। सो अवधिमा फिल्मका १७ हजार २५ टिकट बिक्री भएको उल्लेख छ। दिनेश राउत निर्देशित यस फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ र आकांक्षा कार्की लगायत कलाकारको अभिनय रहेको छ।

यता रमिताको पिरती ले सोही अवधिमा १९ लाख ४३ हजार ५८८ रुपैयाँ ग्रस कमाइ गरेको छ भने ५ हजार ९३७ टिकट बिक्री भएको छ। आना शर्मा मुख्य भूमिकामा रहेको यस फिल्ममा धिराज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, जियाना, गौमाया गुरुङ, पशुपति राई, रेणु योगी र थिन्ले ल्हामो लगायत कलाकारको अभिनय छ।

भ्यालेन्टाइन सिजनलाई लक्षित गर्दै एकसाथ प्रदर्शनमा आएका यी दुई फिल्मले प्रेम र भावनाका फरक आयाम प्रस्तुत गरे पनि व्यापारिक रूपमा भने उत्साहजनक नतिजा ल्याउन सकेका छैनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*