नेपाल सरकारले म्यानमारका धार्मिक स्थलको पुनर्निर्माणका लागि ३.५ लाख डलर आर्थिक सहायता प्रदान

कोल्हवी न्यूज
२०८२ फाल्गुन ४, सोमबार १५:४७ गते

नेपाल सरकारले गत मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारका दुई प्रमुख धार्मिक स्थलको पुनर्निर्माणका लागि ३ लाख ५० हजार अमेरिकी डलर म्यानमार सरकारलाई प्रदान गरेको छ।

म्यानमारका लागि नेपालका हरिश्चन्द्र घिमिरेले मण्डले शहरको दक्षिण–पश्चिम क्षेत्रमा रहेको महामुनी पगोडा परिसरमा आयोजित समारोहमा पगोडाका महासचिव थान उलाई ३ लाख अमेरिकी डलरको चेक हस्तान्तरण गरे।

त्यसैगरी, गङ्गाघाट हिन्दू मन्दिरको पुनर्निर्माणका लागि ५० हजार अमेरिकी डलरको चेक मन्दिरका अध्यक्ष पवन बजोरियालाई हस्तान्तरण गरिएको छ। गङ्गाघाट मन्दिर म्यानमारमा बसोबास गर्ने नेपाली समुदायको महत्वपूर्ण धार्मिक स्थल मानिन्छ।

नेपाल सरकारको यो कदम साझा धार्मिक सम्पदाको संरक्षण र प्राकृतिक विपत्तिबाट प्रभावित सांस्कृतिक स्थलहरूको पुनःस्थापनामा योगदान पुर्‍याउने प्रतिबद्धता झल्काउने रूपमा लिइएको छ, विज्ञप्तिमा भनिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*