सर्लाहीमा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु

कोल्हवी न्यूज
२०८२ फाल्गुन ४, सोमबार ०७:०८ गते

मलंगवा मा आइतबार राति गोली प्रहारबाट एक इन्जिनियरको हत्या भएको छ। जिल्ला प्रहरीका अनुसार भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत इन्जिनियर प्रमोदकुमार यादवमाथि अज्ञात समूहले गोली चलाएको हो।

सुखिपुर गाउँपालिका–३, सिरहा स्थायी घर भएका यादव विगत एक वर्षदेखि मलंगवामा डेरामा बस्दै आएका थिए। परिवारका सदस्यहरूका अनुसार घटनाअघि उनलाई अज्ञात व्यक्तिले फोन गरेर घरबाहिर बोलाएका थिए।

घरबाहिर निस्कनेबित्तिकै उनीमाथि गोली प्रहार भएको बताइएको छ। एक गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ। गोली प्रहारमा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*