यौनकर्मीको जीवनमा बनेको ‘लालिमा’ फागुन २९ मा

कोल्हवी न्यूज
२०८२ माघ २८, बुधबार १६:४२ गते

तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित फिल्म ‘लालिमा’ प्रतिनिधि सभाको निर्वाचन सकिएको एक सातापछि प्रदर्शनमा आउने भएको छ । मंगलबार निर्माताले फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फागुन २९ गतेलाई प्रदर्शन मिति तय गरेका हुन् । सोही मितिमा अर्को फिल्म ‘स्त्री’ पनि रिलिज हुँदैछ ।

पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री रोशनी कार्कीलाई मात्र प्रस्तुत गरिएको छ । झ्यालको छेउमा बसेकी उनले सेतो कपडाले आफ्नो शरीर छोपेकी छिन् । उनको अनुहारमा डरको भाव देखिन्छ । उनले लगाएको लाली पनि लतपतिएको छ । यसले उनको चरित्रबारे संकेत दिएको छ । फिल्ममा उनले यौनकर्मीको भूमिका निभाएकी छन् ।

रोशन मिराजको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा रोशनीसहित उषा रजक, शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी, सुष्मा निरौला लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*